प्रदेश १ को नाम ‘कोशी’ राखिएपछि विराटनगरमा निषेधाज्ञा

पाेखरा | फागुन १७, २०७९

प्रदेश १ को नाम ‘कोशी’ राखिएपछि विराटनगरमा निषेधाज्ञा

पाँच वर्षसम्म नाम राख्न नसकेर आलोचित भएको प्रदेश १ ले आजबाट कोशी नाम पाएको छ । 

 

तर नामाकरण भएपनि यसमा असहमति जनाउँदै नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा दर्ता भएको प्रस्ताव फिर्ता लिएको छ । प्रस्ताव फिर्ता भएपछि विराटनरको केही स्थानमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । 

विराटनगरबाट पत्रकार सुभद्रा प्याकुरेलले सुनगाभा न्यूजसँग भनिन्, ‘प्रतिपक्ष दलले कोशीमा असहमति जनाएपछि अहिले विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

 

‘यहाँ कोशी, किराँत र सगरमाथाको नाम प्रस्ताव भएको थियो’ पत्रकार प्याकुरेलले भनिन् ‘कोशी राखिएपछि अन्य नाम हुनुपर्छ भन्ने समूह प्रदर्शन गर्ने तयारीमा रहेका छन्, प्रशासनले कफ्र्यु जारी गरेको छ ।’

 

यसअघि नै प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईद्वारा निषेधाज्ञा सम्बन्धी जारी सूचनामा प्रदेश १ को प्रदेश सभा नामकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागेसम्म तथा नामाकरण भएपछि पनि असहमत पक्षबाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएकाले निषेधाज्ञा गरेको उल्लेख छ ।

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्